सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
१८ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल

सारांश

  •   महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पार्नुभएको छ ।
  • सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताउनुभएको हो ।
  • उहाँले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा शेयरमा गरेको लगानी जस्तो नभएको बताउनु भयो ।

१२ साउन, काठमाडौं । 

महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पार्नुभएको छ । सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा शेयरमा गरेको लगानी जस्तो नभएको बताउनु भयो ।

यसबाट रकम निकालेर कहिँ घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने उहाँको भनाई थियो । सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने उहाँको स्पष्टोक्ति थियो । उहाँले भन्नुभयो, ‘कतिपय सन्भर्दमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । यसको ‘थेम’ यतिमात्रै बुझ्दा पनि हुन्छ । यसले कसैलाई धनी चाहिँ बनाउँदैन सेसियल सेक्युरिटीले । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला ।

अथवा शेयरमा लगानी गर्छु र स्वाट्टै त्यसको भाउ बढाएर म धनी हुन्छु भन्ने परिकल्पना हामीले ग¥यौँ भने त्यो चाहीँ गलत हो, त्यो यसबाट सम्भव छैन ।’ महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रुपमा हेर्न र बचत वा लगानीको रुपमा नहेर्न पनि कानून व्यवसायीहरूसँग आग्रह गर्नुभयो । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उहाँले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर
कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध