Press 4K
आइतबार, २८ भाद्र २०८३

काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी

सारांश

  • कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।
  • न पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का  प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले शुक्रबार गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेको हो ।
  • घरदैलो कार्यक्रमका क्रममा पार्टीका सदस्य कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी गरे ।

 

१५ फागुन,काठमाडौं ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।न पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का  प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले शुक्रबार गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेको हो । घरदैलो कार्यक्रमका क्रममा पार्टीका सदस्य कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी गरे । उनले मतदाताहरू यसपटक नयाँ विकल्प रोज्न उत्साहित देखिएको बताए ।

सुवेदीले घिसिङको नेतृत्व क्षमताको प्रशंसा गर्दै भने, ‘हाम्रो उम्मेदवारले देशलाई बत्तीको उज्यालो दिएर आफ्नो नेतृत्व प्रमाणित गरिसक्नु भएको छ । अब उहाँले राजनीतिको लोडसेडिङ पनि हटाउन सक्नुहुन्छ भन्ने विश्वास जनतामा बढ्दो छ ।’ उनले पार्टीले जनताबाट अपार साथ र समर्थन प्राप्त गरिरहेको दाबीसमेत गरे । उनले कुलमान घिसिङ देशमा समृद्धिको उज्यालो दिन सक्ने व्यक्ति भएको बताए ।  विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकका रुपमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङको ‘व्यक्तित्व ब्रान्ड’लाई शुभेच्छुकहरुले बढी प्रचार गरिरहेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...