हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १, २०८१
|
|
२३ पटक हेरिएको
Shares
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु

सारांश

  • हेटाैंडा उपमहानगरपालिका-९, स्थित धापमा माेटरसाइकलकाे ठक्करबाट ५ वर्षीय बालककाे मृत्यु भएकाे छ ।
  • बागमती प्रदेश ०३-००५ प २४३ नम्बरकाे माेटरसाइकलले शनिबार दिउँसो २:५० बजे ठक्कर दिँदा धापका ५ वर्षका शिवांश अर्यालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
  • ठक्करबाट गम्भीर घाइते शिवांशलाई उचारका लागि हेटाैंडा अस्पताल ल्याएपछि चिकित्सकले मृत घाेषणा गरेका थिए ।

 

१ भदाै, हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-९, स्थित धापमा माेटरसाइकलकाे ठक्करबाट ५ वर्षीय बालककाे मृत्यु भएकाे छ ।

बागमती प्रदेश ०३-००५ प २४३ नम्बरकाे माेटरसाइकलले शनिबार दिउँसो २:५० बजे ठक्कर दिँदा धापका ५ वर्षका शिवांश अर्यालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । ठक्करबाट गम्भीर घाइते शिवांशलाई उचारका लागि हेटाैंडा अस्पताल ल्याएपछि चिकित्सकले मृत घाेषणा गरेका थिए ।

ठक्कर दिने माेटरसाइकल चालक १८ वर्ष भन्दा कम उमेरको रहेको प्रहरीले जनाएको छ । हाल प्रहरी हिरासतमा रहेका उनको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितका अनुसार मयुरधापबाट हेटाैंडा बजारतर्फ आउँदै गरेकाे माेटरसाइकलले सडक छेउमा हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?