Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेप्से परिसूचकमा निरन्तर गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
५५ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा निरन्तर गिरावट

सारांश

  • यो यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।
  • अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो ।
  • तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ ।

५ चैत, काठमाडौँ ।

यो यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय १३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता शेयर ५० हजार आठ सय ३४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार बराबरको कारोबार भएको हो । आजको कारोबारमा अन्य समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूह शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन शून्य दशमलव ३६, जलविद्युत् शून्य दशमलव १७, लगानी शून्य दशमलव ४२ र जीवन बीमा समूह शून्य दशमलव ७० प्रतिशतले घटेको हो । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव ३१, म्युचुअल फन्ड शून्य दशमलव ३७, निर्जीवन बीमा शून्य दशमलव ५४ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ र प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ११ लाख १७ हजार आठ सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमासबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको सात लाख ६८ हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
९ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
९ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली
वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
बारामा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ
बारामा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते