नेप्से परिसूचकमा निरन्तर गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा निरन्तर गिरावट

सारांश

  • यो यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।
  • अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो ।
  • तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ ।

५ चैत, काठमाडौँ ।

यो यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय १३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता शेयर ५० हजार आठ सय ३४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार बराबरको कारोबार भएको हो । आजको कारोबारमा अन्य समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूह शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन शून्य दशमलव ३६, जलविद्युत् शून्य दशमलव १७, लगानी शून्य दशमलव ४२ र जीवन बीमा समूह शून्य दशमलव ७० प्रतिशतले घटेको हो । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव ३१, म्युचुअल फन्ड शून्य दशमलव ३७, निर्जीवन बीमा शून्य दशमलव ५४ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ र प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ११ लाख १७ हजार आठ सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमासबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको सात लाख ६८ हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु
आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति