हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३० पटक हेरिएको
Shares
हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ

सारांश

  • हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् ।
  • मधेस प्रदेश ०३–००२ ख ०३०० न.
  • को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका मिस्त्री÷साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो ।

२७ कार्तिक, हेटौँडा, कात्तिक २७ गते । हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् ।

मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका मिस्त्री÷साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो ।  टायर खोली बनाई हावा भर्ने क्रममा मङ्गलबार बिहान १ः०५ बजेको समयमा टायर पड्किन जाँदा नजिक रहेका ३४ वर्षीय ऐजाजको टाउको र शरीरको बायाँ चोट लागेर गम्भीर भएपछि।

भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि पठाइएकोमा डाक्टरले जाँच गर्दा बिहान ४ः१६ बजे मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  टायर पड्किन जाँदा सोही पसलको कामदार पर्सा जिल्ला धोबिनी गाउँपालिका २ का वर्ष १८ का जाबिर हवारे,  मधेस प्रदेश ०३–००२ख ०३०० न.को ट्याङ्कर चालक हेटौँडा ११ स्मारक बस्ने वर्ष ३९ को देवान लामा,छन् ।

धादिङ जिल्ला धुनिबेशी नगरपालिका २ भञ्ज्याङपोखरीका वर्ष २३ का उत्तम बस्नेत, हेटौँडा ११ नवलपुरका वर्ष ४७ का मोहनलाल दुलाल र अर्को ट्याङ्करका चालक धादिङ जिल्ला थाक्रे गाउँपालिका ८ का वर्ष ३८ का लक्ष्मण थापा घाइते हुनुभएको छ ।  घाइतेमध्ये ट्याङ्कर चालक हेटौँडाका लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको र अन्य घाइते डिस्चार्ज भएको  प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
नेप्से १.६६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह
जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह