महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य
सारांश
- २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
- जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो ।
- पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकाल्यो ।
९ असोज, काठमाडौं ।
२०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकाल्यो ।

नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो । नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो । नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो । यसअघि पुरुष करातेको कुमिते ८४ केजीमा तेन्जिङ शेर्पाले कास्य जितेका थिए ।

प्रतिक्रिया