Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २, २०८१
|
|
३६ पटक हेरिएको
Shares
अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो

सारांश

  • विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ ।
  • घटनामा अरु छ जना विद्यार्थी घाइते भएका छन् ।
  • विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी  जनाएको छ ।

 

२ पुस, अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा अरु छ जना विद्यार्थी घाइते भएका छन् ।

विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी  जनाएको छ । गोली चलाउनुको कारण खुलेको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । प्रहरीले परिवारको सहयोगमा ती किशोरीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि विद्यालयसँगैको सडक पनि बन्द गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो वर्ष मात्रै अमेरिकाभर विद्यालयमा ३८ वटा गोलाबारीका घटना भएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?