सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सुरक्षा नलिइ पोखरा पुगे शिक्षामन्त्री पुन, ट्याक्सी चढेर पुगे घर

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् ।
  • मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन् ।
  • ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो ।

१३ असोज, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् । मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ पनि नलिइ जानु भएको छ ।

’ मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर घर गएका छन् । ‘उहाँ पोखरा आउने कसैलाई थाहा थिएन । सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर घर जानु भएको छ,’ ती अधिकारीले भने । मन्त्री पुन पोखराको नदीपुरमा गएका हुन् । मन्त्री भएपछि उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका थिए । सरकारी कामबाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने उनले घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी
अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान
भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै