रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
९७ पटक हेरिएको
Shares
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी

सारांश

  • जिल्ला अदालत रुपन्देहीले बिहीबार पूर्वगृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयललाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताएका छन् ।
  • सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक गोर्खा मिडिया प्रालिले अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा हालेको ठहर सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गरेको थियो ।
  • लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

८ कार्तिक, रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार पूर्वगृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयललाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताएका छन् । सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक गोर्खा मिडिया प्रालिले अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा हालेको ठहर सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गरेको थियो ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पहिलो पटक ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न बिहीबार नै जिल्ला अदालतबाट अनुमति लिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो ।

जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ । त्यसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको थियो । यसमा २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा चेक काटेर ऋण लगिएको थियो। यो कुरा सुप्रिमकी तत्कालीन लेखापालले पनि बयानमा भनिसकेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ