पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग

सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको राजावादी आन्दोलनका क्रममा पुगेको क्षतिका लागि काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेकोमा आपत्ति प्रकट गरेका छन् ।
  • महानगरले पूर्वराजा शाहलाई जरिवाना तिर्न भन्दै शनिबार पत्र पठाएको छ ।
  • महानगरले विभिन्न आठ शिर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भनेको छ ।

१६ चैत, काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको राजावादी आन्दोलनका क्रममा पुगेको क्षतिका लागि काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेकोमा आपत्ति प्रकट गरेका छन् । महानगरले पूर्वराजा शाहलाई जरिवाना तिर्न भन्दै शनिबार पत्र पठाएको छ । महानगरले विभिन्न आठ शिर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भनेको छ ।

राप्रपाका अध्यक्ष थापाले भने यो पत्र फिर्ता लिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । गलत ठेगानामा पठाइएको पत्र जस्तो स्टण्ट भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु ।’

थापाले अगाडि लेखेका छन्, ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ । पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुछोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो । पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स
दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण
राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण
गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते
गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका
वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ