हात्तीको आक्रमणबाट एक वृद्धको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
हात्तीको आक्रमणबाट एक वृद्धको मृ*त्यु

सारांश

  • सप्तरीमा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
  • कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो ।

१७ जेठ,सप्तरी ।

सप्तरीमा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए ।

बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले बताए।‘राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यतिबेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवा नजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ’, मगरले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर
मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार