Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

सारांश

  • रूसमा शक्तिशाली भूकम्प गएको छ।
  • रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.
  • ८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

१४ साउन, रूस ।

रूसमा शक्तिशाली भूकम्प गएको छ। रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कामाचाट्कास्थित प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले अत्यन्त शक्तिशाली धक्का महशुस भएको बताए।

‘यो दशकौंयताकै सबैभन्दा गम्भीर भूकम्प हो,’ उनले भने। उनका अनुसार भूकम्पबाट एउटा विद्यालय ध्वस्त भएको छ। समुद्रीमा केन्द्रबिन्दु बनाएकाले भूकम्ले धेरै ठूलो क्षति नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आइसकेको छैन। भूकम्पपछि चार मिटरसम्मको सुनामी आएको छ। शक्तिशाली भूकम्पपछि त्यसका शक्तिशाली पराकम्पन पनि गइरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। पहिलो धक्काको ४५ मिनेटपछि पेट्रोपावलोव्स्क कामाचात्स्कीमा ६.९ म्याग्नेच्यूडको पराकम्पन गएको छ।

त्यसको केही मिनेटमै ६.३ म्याग्नेच्यूडको अर्को कम्पन मापन भएको अमेरिकी जियोलोजिकल सर्भेको विवरणलाई उद्धृत गरेर सिएनएनले लेखेको छ। रूसमा भूकम्पपछि जापान र अमेरिकी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ। जापानको होकाइदो र वातायामा राज्यका तटीय क्षेत्रमा तीन मिटरसम्मको सुनामी आउने चेतावनी जारी गरिएको छ। ‍सुनामी आउन सक्ने तटीय क्षेत्र खाली गराइएको छ। संयुक्त राज्य अमेरिकाका विभिन्न ठाउँहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृ*त्यु, अधिकांश बालबालिका
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने