मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह

सारांश

  • मधेस सरकारको नेतृत्व फेरबदलको चर्चा सेलाएसँगै मन्त्री हेरफेरको अवस्था पनि तत्कालका लागि टरेको छ ।
  • एक वर्षमा मन्त्रीमण्डल हेरफेर गर्ने भनिए पनि संघीय गठबन्धन मौन रहेपछि तत्काल मन्त्री हेरफेर नहुने देखिएको हो।
  • मधेस सरकारका मुख्यमन्त्री सतिस सिंहले तत्काल मन्त्री हेरफेर हुने अवस्था नरहेको बताए ।

१८ साउन, जनकपुर ।

मधेस सरकारको नेतृत्व फेरबदलको चर्चा सेलाएसँगै मन्त्री हेरफेरको अवस्था पनि तत्कालका लागि टरेको छ । एक वर्षमा मन्त्रीमण्डल हेरफेर गर्ने भनिए पनि संघीय गठबन्धन मौन रहेपछि तत्काल मन्त्री हेरफेर नहुने देखिएको हो। मधेस सरकारका मुख्यमन्त्री सतिस सिंहले तत्काल मन्त्री हेरफेर हुने अवस्था नरहेको बताए ।  संघीय गठबन्धनबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरू हेरफेरबारे अहिलेसम्म कुनै संकेत नआएकाले तत्कालका लागि त्यो सम्भावना टरेको उनको भनाइ छ ।

एक वर्ष कार्यकाल पुगेको भन्दै जनमत पार्टीले आफ्ना मन्त्रीहरूलाई जेठमा फिर्ता बोलाएको थियो । जनमतले आफ्ना मन्त्री फिर्ता बोलाएपछि मधेस सरकारमा मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा व्यापक थियो ।  तर मुख्यमन्त्री सिंहका अनुसार संघीय सत्ता गठबन्धनले अझै मन्त्रिमण्डल पुनर्गठनबारे स्पष्ट संकेत नदिएकोले तत्काल मन्त्रिपरिषद् हेरफेरको सम्भावना न्यून छ ।  ‘केन्द्रबाट संकेत आए लगत्तै हामी फेरबदल गर्छौ, नहुने होइन ।  तर संघीय गठबन्धनबाट अहिलेसम्म कुनै ठोस सन्देश आएको छैन,’ उनले बताए ।

संघीय सरकारमा नयाँ गठबन्धनमा बनेपछि गत वर्ष जेठमा गठित मधेस सरकारमा हाल प्रमुख सत्ता घटक नेपाली कांग्रेस, एमाले, जनमत र लोसपा सहभागी छन् । यसरी सरकार निर्माण भएको एक वर्ष पुगेको अवधिमा सत्ता साझेदार जनमत पार्टीले जेठमा आफ्ना दुई मन्त्री फिर्ता बोलाएर नयाँ अनुहार पठाइसकेको छ ।   यद्यपि, प्रादेशिक राजनीतिमा सक्रिय खासगरी कांग्रेस मुख्यमन्त्रीको नेतृत्व नै फेरबदलको कसरतमा लागिपरेको थियो । तर त्यो कसरत पनि असफल भएसँगै मन्त्रील हेरफेरको अवस्था पनि अहिले रोकिएको छ । सत्तारुढ दलभित्र आन्तरिक शक्ति सन्तुलन मिलाउन बाँकी भएकाले हेरफेर प्रक्रिया ढिलो भएको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते