पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’

सारांश

  • पाहुना टिम पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाले ‘क्लिन स्विप’ गरेको छ ।
  • सोमबार भएको दोस्रो तथा अन्तिम खेलमा पाकिस्तानले दिएको ५८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले विकेट नगुमाई पूरा गर्‍यो ।
  •   दक्षिण अफ्रिकाको जितमा ओपनरद्वय डेविड बेडिङ्घम र आइदेन मार्करमले क्रमशः ४७ र १४ रन जोडे ।

२३ पुस, काठमाडौं । पाहुना टिम पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाले ‘क्लिन स्विप’ गरेको छ । सोमबार भएको दोस्रो तथा अन्तिम खेलमा पाकिस्तानले दिएको ५८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले विकेट नगुमाई पूरा गर्‍यो ।  दक्षिण अफ्रिकाको जितमा ओपनरद्वय डेविड बेडिङ्घम र आइदेन मार्करमले क्रमशः ४७ र १४ रन जोडे ।

त्यसअघि, दक्षिण अफ्रिकाले पहिलो इनिङमा ६१५ रनको विशाल योगफल खडा गरेको थियो । पहिलो इनिङमा पाकिस्तान भने १९४ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाबाट ‘फलो अन’ पाएपछि पुनः ब्याटिङ ओर्लिएको पाकिस्तानले दोस्रो इनिङमा भने ४७८ रन बनाउँदै ५८ रनको योगफल तया पारेको थियो । जसलाई दक्षिण अफ्रिकाले सहजै पूरा गर्‍यो । पहिलो इनिङमा दक्षिण अफ्रिकाका र्यान रिकेल्टोनले सर्वाधिक २५९ रन बनाएका थिए ।

यसबाहेक, कप्तान टेम्बा बवुमाले १०६ र काइल भेरेयनीले १०० रन जोडेका थिए ।  पहिलो इनिङमा पाकिस्तानबाट भने बाबर आजमले ५८ रनको अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । फलोअल पाएपछि लगत्तै ब्याटिङमा आएको पाकिस्तानबाट कप्तान सान मसुदले १४५ र बाबर आजमले ८१ रन बनाएका थिए ।  यी दुई टिमबीच यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिका दुई विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार
तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता
ड्रोन आक्रमणबाट नेपालीको मृत्युपछि कुवेतमा त्रस्त नेपाली समुदाय
ड्रोन आक्रमणबाट नेपालीको मृत्युपछि कुवेतमा त्रस्त नेपाली समुदाय
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन
बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास
बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल