संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
१८ पटक हेरिएको
Shares
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ

सारांश

  • प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण शैलीमा गलत बाटोतिर अग्रसर भएको बताएका हुन् ।
  • ‘प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा यो सम्मानित रोष्टम म अलिक अगाडि नै पनि उपयोग गर्न सक्थेँ ।
  • गरिनँ ।

११ भदौ , काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताएका छन्।प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण शैलीमा गलत बाटोतिर अग्रसर भएको बताएका हुन् ।‘प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा यो सम्मानित रोष्टम म अलिक अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ’, उनले भने, ‘सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो । तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ ।’ अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए ।‘अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)का साथीहरू आफूमात्र मिल्नुभएको छैन, आफैले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दललाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्ष बनाउनुभएको छ’, उनले भने, ‘संख्यात्मक रुपमा प्रतिपक्षीय बेन्च सानो भएको बेला संख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने साथीहरूलाई लागेको हामीले देख्यौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोष्टमबाट घोषणा गर्छु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौँ ।’ बरु, सरकारका एकएक अपराधलाई यही संसदमा नङ्ग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिँदै उनले प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी कसैलाई छ दुवैलाई आश्वस्त हुन आग्रह गरे ।‘बरु, आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ । पछिल्ला चालीस दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको छ’– अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुई तिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला ? संख्यामा होला दुईतिहाइ तर सरकारको जगमा विश्वास होइन, डर थियो र छ । यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भदेखि नै जनताबीचमा ‘एक्सपोज’ थियो र अझ भइरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?
अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
डा. गोविन्द केसीले तोडे अनसन
डा. गोविन्द केसीले तोडे अनसन
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी