बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा देवेन्द्र राय र उनका छोरा प्रविण रायले आमाछोरीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरीएको छ।
  • पीडित महिला ५० वर्षीय पानो देवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवी हुन्।
  • पानो देवीका पति नथुनी महतोका अनुसार, शनिवार बुबा–छोराले मिलेर आफ्नी पत्नी र छोरीमाथि शारीरिक हमला मात्र नभई, उनीहरूसँग अनैतिक सम्बन्ध कायम गर्ने धम्कीसमेत दिएका थिए।

८ भदौ, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा देवेन्द्र राय र उनका छोरा प्रविण रायले आमाछोरीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरीएको छ। पीडित महिला ५० वर्षीय पानो देवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवी हुन्। पानो देवीका पति नथुनी महतोका अनुसार, शनिवार बुबा–छोराले मिलेर आफ्नी पत्नी र छोरीमाथि शारीरिक हमला मात्र नभई, उनीहरूसँग अनैतिक सम्बन्ध कायम गर्ने धम्कीसमेत दिएका थिए। “दुवैजनाले हाम्रा परिवारलाई निर्घात कुटपिट गरेको उनले भने।

घटनामा घाइते भएकी पानो र उर्मिला ईश्वरपुर नगरपालिका, बयलवासस्थित सिद्धिविनायक अस्पतालमा उपचाररत छन्। अस्पतालका चिकित्सकले जनाए अनुसार, पानोको हातमा जटिल चोट परेको छ भने दुवैको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ। पीडित परिवारले घटनापछि तुरुन्तै इलाका प्रहरी कार्यालय केशरगंजमा निवेदन दिएका छन्। कुटपिट गर्ने बुबा–छोरा दुवै फरार रहेका छन्। प्रहरीको टोली उनीहरूलाई पक्राउ गर्न खोजीमा लागेको छ। स्थानीयका अनुसार देवेन्द्र रायकी श्रीमती र पानो देवीबीच खेतमा तरकारी टिप्ने विषयमा विवाद भएको र त्यसैबाट घटनाको सुरुआत भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता
हेर्ने कथा को प्रकाश ले पाए नागरिकता
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​