माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
२७ पटक हेरिएको
Shares
माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

सारांश

  • नेकपा माओवादी केन्द्रले आगामी चुनावमा संविधान संशोधन गर्नेसँग सम्बन्धित तीन वटा एजेण्डा उठाउने भएको छ ।
  • पहिलो : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ।
  •  दोस्रो : पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

१० असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आगामी चुनावमा संविधान संशोधन गर्नेसँग सम्बन्धित तीन वटा एजेण्डा उठाउने भएको छ । पहिलो : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था । दोस्रो : पूर्ण समानुपातिक निर्वाचन प्रणाली । तेस्रो : विज्ञहरूबाट मन्त्री । यी विषय माओवादीले विगतमा समेत उठाउँदै आएको थियो । जेनजी आन्दोलनपछि बसेको केन्द्रीय समितिको बैठकले यसलाई चुनावमा जाँदा संविधान संशोधनसँग सम्बन्धित रहेर उठाउने निर्णय गरेको हो । यी तीन वटै कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

केन्द्रीय समितिले फागुन २१ मै प्रतिनिधिसभाको चुनाव गराउन लाग्ने निर्णय पनि गरेको छ । ‘तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने । निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने,’ माओवादीको निर्णय छ । भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् ।

उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा अन्य नेताहरूले समेत समर्थन जनाए । सोही अनुसार माओवादीले तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने र निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने निर्णय गरेको हो । शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसँग सम्बन्धित तीन वटा एजेण्डा तय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
वर्तमान सरकार तानाशाही बन्यो – ओली
वर्तमान सरकार तानाशाही बन्यो – ओली
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए