उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ ।
  • शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो बताएकी हुन् ।
  • उनले भनेकी छन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ ।

६ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ । तर उपसभामुखलाई हटाउन चाहीँ अचम्मको फुर्ती देखाएको छ ।’ सरकारले न्याय नभएर पक्षपातको नयाँ मापदण्ड स्थापित गर्दै गरेको उनले बताए । विभिन्न मुद्दामा जोडिएका मन्त्री र आफ्ना मान्छेलाई जोगाएर सरकार अगाडि बढिरहेको पनि उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ