Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १९, २०८२
|
|
५८ पटक हेरिएको
Shares
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

सारांश

  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् ।
  • मुख्य निर्वाचन कार्यालयका अनुसार मतदानका लागि खटिएका कर्मचारी, नेपाल प्रहरी र निर्वाचन प्रहरीसहितको टोली आवश्यक सामग्री लिएर सम्बन्धित मतदानस्थलमा पुगिसकेको छ ।
  • जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलले जिल्लाभर निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए ।

 

फागुन १९, सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदानका लागि खटिएका कर्मचारी, नेपाल प्रहरी र निर्वाचन प्रहरीसहितको टोली आवश्यक सामग्री लिएर सम्बन्धित मतदानस्थलमा पुगिसकेको छ ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलले जिल्लाभर निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मतपत्र बाहेक अन्य ५० प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू मतदान केन्द्रमा पुगेका छन् । मतपत्र भने भोलि सबै मतदान केन्द्रमा पुर्‍याइने तयारी रहेको उनले बताए ।

जिल्लामा ६२८ मतदान केन्द्र र ३१२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माण तथा व्यवस्थापनको काम सुरु गरिएको पौडेलले जानकारी दिए । निर्वाचन सम्पन्न गराउन जिल्लाभर करिब तीन हजार ७०० जना कर्मचारी खटिएका छन् ।

यसैबीच, जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलता विश्लेषणका आधारमा आवश्यक सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीका चार निर्वाचन क्षेत्रमा पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस