२५४४ अंकमा झर्यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत
सारांश
- बुधबार सेयर बजारको परिसूचक नेप्से २०.
- ५६ अंक घटेको छ ।
- सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।
२६ कात्तिक, काठमाडौं ।
बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो । ४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशत बढ्यो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया