यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २४, २०८१
|
|
८१ पटक हेरिएको
Shares
यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते

सारांश

  • दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर- ८ बाेचकाे चर्नावती पुल नजिक बिहिवार यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ, भने सातजना घाईते भएका छन् ।
  • काठमाडाैंबाट रामेछापकाे गुप्तेश्वर जाँदै गरेकाे बागमति प्रदेश ०१००६ ख ४८४३ नम्बरकाे बस बिहिवार दिउँसाे करिब १:४५ बजे दुर्घटना हुँदा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर- ६ का २२ बर्षका जाेगबहादुर श्रेष्ठकाे मृत्यु भएकाे दाेलखाकाे प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
  • दाेलखा सदरमुकाम चरिकाेट स्थित च्छाे- राेल्पा जनरल अस्पतालमा उपचारकाे क्रममा श्रेष्ठकाे मृत्यु भएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

 

२४ असोज, दाेलखा । दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर- ८ बाेचकाे चर्नावती पुल नजिक बिहिवार यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ, भने सातजना घाईते भएका छन् ।

काठमाडाैंबाट रामेछापकाे गुप्तेश्वर जाँदै गरेकाे बागमति प्रदेश ०१००६ ख ४८४३ नम्बरकाे बस बिहिवार दिउँसाे करिब १:४५ बजे दुर्घटना हुँदा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर- ६ का २२ बर्षका जाेगबहादुर श्रेष्ठकाे मृत्यु भएकाे दाेलखाकाे प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

दाेलखा सदरमुकाम चरिकाेट स्थित च्छाे- राेल्पा जनरल अस्पतालमा उपचारकाे क्रममा श्रेष्ठकाे मृत्यु भएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए । घाईते सात जनाकाे सदरमुकाम चरिकाेटका अस्पतालमा उपचार भै रहेकाे र उनीहरूकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । बसका अन्य यात्रुहरूलाई अर्काे सवारी साधन व्यवस्था गरि गन्तव्यतर्फ पठाईएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?