ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

सारांश

  •   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रम सुरु गरेका छन् ।
  • जसले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ ।
  • ह्वाइटहाउसमा बुधबार भएको एक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो घोषणा गर्दै यो कार्यक्रम आजदेखि औपचारिक रूपमा लागू भएको बताएका छन् ।

 

२५ मंसिर, काठमाडौं । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रम सुरु गरेका छन् । जसले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ । ह्वाइटहाउसमा बुधबार भएको एक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो घोषणा गर्दै यो कार्यक्रम आजदेखि औपचारिक रूपमा लागू भएको बताएका छन् । ट्रम्पका अनुसार यो गोल्ड कार्डले ठूलो शुल्क तिर्ने विदेशी नागरिकलाई छिटो भिसा दिलाउने व्यवस्था मिलाइएको छ ।

ट्रम्पले भने, “हामीले अहिले मात्र ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौँ । करिब ३० मिनेटपछि वेबसाइट सञ्चालनमा आउनेछ, र यसबाट उठ्ने सबै रकम अमेरिकी सरकारको कोषमा जानेछ ।” उनका अनुसार गोल्ड कार्ड केही हिसाबले ग्रीन कार्डजस्तै भए पनि यसले धेरै अतिरिक्त अधिकार दिनेछ । उनले विदेशी विद्यार्थीले अमेरिका छोड्नुपर्ने अवस्थालाई रोक्न यो कार्यक्रम उपयोगी हुने दाबी गर्दै भने,“कम्पनीहरूले यो कार्ड खरिद गरेर विश्वविद्यालयबाट स्नातक भएका व्यक्तिलाई अमेरिकामै राख्न सक्नेछन् । भारत, चीन, फ्रान्स वा अन्य देशमा फर्किनुपर्ने विद्यार्थीहरू अब अमेरिकामा बस्न सक्नेछन् । यसका कारण कम्पनीहरू पनि अत्यन्तै सन्तुष्ट हुनेछन् । टिम कूकजस्ता उद्योगीका नेताहरूले यो समस्याबारे धेरै बोलेका थिए, अब यो समस्या समाधान हुनेछ ।” उनले यस कार्यक्रममार्फत अमेरिकाको राजस्वमा अर्बौँ डलर संकलन हुने विश्वसनीयता प्रकट गरे ।

ट्रम्पले फेब्रुअरीमै यो कार्यक्रमको अवधारणा सार्वजनिक गरेका थिए र सेप्टेम्बरमा उनले यसको कार्यान्वयनका लागि कार्यकारी आदेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकले १० लाख अमेरिकी डलर तिरेर आफ्नो भिसा आवेदन छिटो प्रक्रियामा लैजान सक्नेछन् । जबकि अमेरिकी कम्पनीहरूले २० लाख अमेरिकी डलर तिरेर आफ्नो आवश्यकताअनुसार विदेशी कामदारलाई स्पोन्सर गर्न सक्नेछन् । फेब्रुअरीमा ट्रम्पले गोल्ड कार्डको मूल्य ५० लाख अमेरिकी डलर राख्ने प्रारम्भिक प्रस्ताव गरेका थिए । जसले ग्रीन कार्डका सबै सुविधा मात्र होइन, अमेरिकी नागरिकता प्राप्त गर्ने मार्ग पनि खोलिदिने उनले बताएका थिए । ट्रम्पका अनुसार धनी व्यक्तिहरू यो कार्ड खरिद गरेर अमेरिका आउन आकर्षित हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
भारतीय उद्योगपति रतन टाटाको निधन
भारतीय उद्योगपति रतन टाटाको निधन
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा