नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
३३ पटक हेरिएको
Shares
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

सारांश

  • बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ ।
  • आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण (ट्रायल) सम्पन्न गरी साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ ।
  • प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

२२ वैशाख, काठमाडौं ।

बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण (ट्रायल) सम्पन्न गरी साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार गत वर्ष साउन–भदौमा परेको भारी वर्षाका कारण पश्चिमी छेउमा पहिरो जाँदा टोल बुथ संरचनामा क्षति भएपछि निर्माण तथा सञ्चालनमा ढिलाइ भएको थियो । परामर्शदाता प्रमुख रमेश कोइरालाले कानुनी प्रक्रिया, बन्द–हडताल तथा सञ्चालन मोडालिटी परिवर्तनका कारण पनि ढिलाइ भएको बताए । प्रारम्भमा सडक विभागमार्फत सञ्चालन गर्ने योजना रहे पनि पछि प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्ने निर्णय भएपछि प्रक्रिया मन्त्रिपरिषद्सम्म पुगेको उनले जानकारी दिए । आयोजनाको हालसम्मको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले चाँडै आयोजना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सुरुङमार्ग सञ्चालनका लागि चीनको युसिन–एआरटी (संयुक्त) कम्पनीलाई पाँच वर्षका लागि ठेक्का दिइएको छ । आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना जनशक्ति आवश्यक पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
साउन २९ देखि पूरक परीक्षा हुने
साउन २९ देखि पूरक परीक्षा हुने
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
आज हनुमान जन्मजयन्ती मनाइँदै
आज हनुमान जन्मजयन्ती मनाइँदै
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार