अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा

सारांश

  •  सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् ।
  • पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए।
  • उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ ।

२० पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए।

उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन । आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नु हुन्न, दोषी जो भए पनि उम्कनु हुन्न ।’ थापाले चर्चामा रहेका ४० बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनु पर्ने बताएका छन् । उनले भने, ‘मैले प्रचण्डजीकै अगाडि भनेको हो । सरकार सँगै बसेको हुन्छ, यस्तो मायाप्रेम देखिन्छ, गिरीबन्धु, क्यान्टोनमेन्टलगायत जेसुकै हो ।

सबैको छानबिन गर्नुपर्छ ।’ महामन्त्री थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । उनले संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने बताए । उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नु पर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ । सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ । बाहिर देशहरुमा पनि गठबन्धनको सरकार नहुने होइन । त्यसमा पनि एउटा संस्कार र संस्कृति हुन्छ ।

त्यो हाम्रो स्वभावसँग मिलेन । त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ । हामीलाई समावेशिता पनि चाहिएको छ । त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’ उनले संघीयता कसैले नबोकाइदिएको भन्दै प्रदेश सरकार कायमै राख्ने बताए । उनले प्रदेश र स्थानीय सरकारलाई धारिलो बनाउने गरी २०८४ सम्ममा सरकारले कानून बनाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो अखिलको टोली
बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो अखिलको टोली
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
बारामा प्रहरीको सकृयता बढ्दै, नीति अनुरूप काम नगरे कारवाही गर्ने एसपिको चुनौती
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू