संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताउनुभएको छ ।
  • सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा आज बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो ।
  • “सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ ।

काठमाडौँ, साउन १४ गते । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा आज बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । “सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि सरोकारवासँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने विश्वास लिएको छु ।” समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन समितिले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको हो । छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरुको बयान लिन सहजीकरण गरिदिन गृहमन्त्री लेखक समक्ष आग्रह गर्नुभयो ।

सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको गृहमन्त्री लेखकले जवाफ दिनुभयो । सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरेर जेलमा राखिएकाको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि