Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
१४६ पटक हेरिएको
Shares
क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट

सारांश

  • सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा विवाद चुलिएको छ।
  • सभापति सुजित कुमार यादवले पद गुमाइसके पनि अझै जिम्मेवारी सम्हालिरहेको भन्दै जिल्ला अदालत सर्लाहीमा रिट निवेदन दर्ता गरिएको छ।
  • विद्यार्थी युनियनका सदस्य अकाश कुमार यादवले अदालतमा दायर गरेको निवेदनमा सभापति यादवको पद वैधानिक नभएको दाबी गरिएको छ।

४ भदौ, सर्लाही ।

सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा विवाद चुलिएको छ। सभापति सुजित कुमार यादवले पद गुमाइसके पनि अझै जिम्मेवारी सम्हालिरहेको भन्दै जिल्ला अदालत सर्लाहीमा रिट निवेदन दर्ता गरिएको छ। विद्यार्थी युनियनका सदस्य अकाश कुमार यादवले अदालतमा दायर गरेको निवेदनमा सभापति यादवको पद वैधानिक नभएको दाबी गरिएको छ। उनका अनुसार सुजित यादवले वि.वि.एस. चौथो वर्षको अन्तिम परीक्षा दिइसकेकाले क्याम्पस विधानअनुसार उनको पद आपसै समाप्त भएको हो।

तर, उनी अझै पनि सभापति बनेर निर्णय गर्दै आएको भन्दै अदालतमार्फत रोक्न माग गरिएको अकाश यादवले बताए। निवेदनमा सचिव रौशन कुमार यादव, कोषाध्यक्ष नितु कुमारी, सदस्य प्रेम प्रविन यादव, सनरचना यादव, उमेश यादव र चन्दा कुमारीलाई समेत विपक्षी बनाइएको छ।

यता, सभापति सुजित यादवले भने आफू वैधानिक रूपमा नै पदमा रहेको दाबी गरेका छन्। उनका अनुसार सर्लाही क्याम्पसमा भएको निर्वाचन त्रिभुवन विश्वविद्यालयको निर्वाचन निर्देशिका अनुसार सम्पन्न भएको र सोही आधारमा आफू सभापतिको जिम्मेवारी सम्हालिरहेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पहिले बलिङ गर्दै नेपाल
एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पहिले बलिङ गर्दै नेपाल
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव
अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव
धनुषामा बोराभित्र एक युवकको शव फेला
धनुषामा बोराभित्र एक युवकको शव फेला
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन