बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

सारांश

  • बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको छ ।
  • आजको बैठकमा प्रदेशसभाका सांसदहरूले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सन्र्दभमा धारणा राख्नुभएको छ ।
  • मङ्गलबार बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

७ जेठ ,बागमती ।

बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको छ । आजको बैठकमा प्रदेशसभाका सांसदहरूले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सन्र्दभमा धारणा राख्नुभएको छ । मङ्गलबार बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा सांसदहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउने र प्रदेशलाई समृद्ध बनाउन ठोस् आधारसहितको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । आगामी नीति, कार्यक्रम र बजेट जनताको इच्छा, चाहना सम्बोधन हुने किसिमको, स्वदेशमा रोजगारी सृजना हुने किसिमको हुनुपर्नेमा जोड दिँदै सांसदहरूले कृषि, उद्योग, वन, पर्यटक प्रवर्द्धनलगायत विषयलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । आजको बैठकमा भारतीकुमारी पाठक, उर्मिला सुनुवार, ठाकुरप्रसाद ढकाल, सृजना सैजु, डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, आनन्दकुमार श्रेष्ठ, ईश्वर सापकोटा, गीता काफ्ले, केशवप्रसाद पोखरेल, मातृकाप्रसाद भट्टराई, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसीलगायत सांसदले सरकारद्वारा प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमाथि धारणा राख्नुभयो । प्रदेशसभाको अर्काे बैठक भोलि बिहान ११.०० बजे बस्ने गरी आजको बैठक सकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय: राष्ट्रपति पौडेल
चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय: राष्ट्रपति पौडेल
हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा प्रस्थान
चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा प्रस्थान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
कोशीको बर्खे अधिवेशन आजबाट
कोशीको बर्खे अधिवेशन आजबाट
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
मतदाता नामावली दर्ता समय अवधि थप्न प्रदीप पौडेलको माग
मतदाता नामावली दर्ता समय अवधि थप्न प्रदीप पौडेलको माग
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर