निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव

सारांश

  • निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ ।
  • आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।
  • मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना छ ।

५ असोज, काठमाडौं ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना छ । निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा ४ को संशोधन गर्न लागिएको हो ।

जस अनुसार अब आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउने सक्ने छ भन्ने प्रावधान राखिने छ । विद्यमान ऐनमा चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार अब मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । १८ वर्ष उमेर पुगेका धेरै युवाहरुको नाम छुट्ने भएकाले अहिले पुन मतदाता नामावली संकलन गर्नु पर्ने दबाब थियो । त्यसका लागि सहजीकरण गर्नका लागि नामावली संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानमा संलग्न गराउने बारे पनि अहिले बहस सुरु भएको छ । तर उनीहरुलाई कसरी कुन विधिबाट समावेश गर्ने भन्नेबारे पनि आयोगले विज्ञहरुसँग छलफल थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?