रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो

सारांश

  • ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई गरिएको कारबाहीबाट रौतहट जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७ लाख ३८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार साउनदेखि असार मसान्तसम्म १६ हजार १४८ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो।
  • उक्त कारबाहीबाट १ करोड,४७ लाख ३८ हजार राजश्व सङ्कलन गरिएको छ।

१० साउन, रौतहट ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई गरिएको कारबाहीबाट रौतहट जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७ लाख ३८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार साउनदेखि असार मसान्तसम्म १६ हजार १४८ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो।

उक्त कारबाहीबाट १ करोड,४७ लाख ३८ हजार राजश्व सङ्कलन गरिएको छ। मासिक हिसाबमा औसत १ हजार ३५० भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन्, जुन ट्राफिक नियम उल्लङ्घनको गम्भीरता र व्यापकता देखाउँछ। यो तथ्याङ्कले ट्राफिक सचेतना र नियम पालना गराउने आवश्यकता अझै बढेको देखाउँछ। सोही अवधिमा, रौतहट जिल्लाभर ८०८ सवारी दुर्घटना भएका छन्।

यी दुर्घटनाहरूमा ६६ जनाले ज्यान गुमाएका छन् भने ९२ जना गम्भीर घाइते भएका छन्। सामान्य घाइतेको सङ्ख्या १ हजार १८४ रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बढ्दो दुर्घटनालाई न्यून गर्न गत आर्थिक वर्षमा ४ हजार २०९ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। ती कार्यक्रमबाट ८८ हजार ३९ जनाले प्रत्यक्ष लाभ लिएका छन्, जसमा सवारी चालक, यात्री तथा सर्वसाधारण सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?