जनप्रतिनिधिको व्यावसायिक स्याउखेती

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
५६ पटक हेरिएको
Shares
जनप्रतिनिधिको व्यावसायिक स्याउखेती

सारांश

  • छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।
  •   रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् ।
  • प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए ।

३० साउन, बागलुङ ।

छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।  रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए ।  रोकाको हाल १४० बोट  छन् जसले  फल दिएका छन् ।

उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ” स्याउखेतीका निम्ति उनले रु एक लाख ५० हजार लगानी गरेको बताए । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताछन्। ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले  बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुने  बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा र लेखक
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन