रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु

सारांश

  • रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् ।
  • उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए ।

४ माघ, बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएकामा उपचारको क्रममा विहीबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए । कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सूचना अधिकारी कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य
स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की