झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १०, २०८२
|
|
४२ पटक हेरिएको
Shares
झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली

सारांश

  • प्रहरीले झापामा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो ।
  • ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मदर इस्लामलाई फेला पारेको थियो ।

१० साउन, झापा ।

प्रहरीले झापामा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो ।

ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मदर इस्लामलाई फेला पारेको थियो । त्यसक्रममा प्रहरीलाई आक्रमण गरेर भाग्न खोजने क्रममा उनलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार भएको कोइरालाले बताए । घटनामा इस्लामको घुँडामुनि गोली लागेको कोइरालाको भनाइ छ । उनको नजिकै रहेको प्रादेशिक अस्पताल, भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, इस्लामको साथबाट खैरो हेरोइन अन्दाजी १२० ग्राम फेला परेको जनाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
गंगादशहरा, के छ यसको महत्व ?
गंगादशहरा, के छ यसको महत्व ?
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन