Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।
  • जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको जसपा नेपालले जनाएको छ ।
  • त्यसका लागि विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको छ ।

 

२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको जसपा नेपालले जनाएको छ ।

त्यसका लागि विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको छ । प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’को व्यवस्था प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको हो ।

संशोधित विधानअनुसार जसपा नेपालले थप २ जना उपाध्यक्ष र १ महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने बस्नेतले बताए । संशोधित धारा २९ को उपधारा ३ अनुसार संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने। 
विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने। 
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्द
ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि खनिज सम्झौतामा हस्ताक्षर रद्द
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु
प्रतिनिधिसभाको बैठक बस्दै,  आज अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, आज अर्थमन्त्रीले जवाफ दिने
आज लोकतन्त्र दिवस मनाइँदैछ
आज लोकतन्त्र दिवस मनाइँदैछ
एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी