प्रतिनिधिसभाको बैठक बस्दै, आज अर्थमन्त्रीले जवाफ दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै,  आज अर्थमन्त्रीले जवाफ दिने

सारांश

  • प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
  • बिहान ११ बजे बस्ने बैठकमा ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची छ ।
  • आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।

 

२ जेठ, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ । त्यसपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ