सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृ*त्यु, एक गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
१२० पटक हेरिएको
Shares
सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृ*त्यु, एक गम्भीर

सारांश

  • बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
  • निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना मजदुर गम्भीर घाइते भएका छन्।
  • सोमबार बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

१९ असोज, काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना मजदुर गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन् । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्।
घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप बिवरण आउन बाकिँ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने
एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?