सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१६३ पटक हेरिएको
Shares
सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास

सारांश

  • सर्लाहीको लालबन्दीमा गएराति गोली चलेको छ ।
  • लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडिएल स्कुल नजिकै एकान्त स्थानमा अज्ञात व्यक्तिले मोवाइल पसल सञ्चालकमाथि लुटपाट गर्न गोली चलाएका हुन् ।
  • लालबन्दी नगरपालिका–७, स्थित लालबन्दी बजारमा मोवाइल पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–९, बस्तीपुरका हरिप्रसाद सापकोटामाथि गएराति ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले उज्यालो अभियानलाई जानकारी दिए ।

२५ असार, सर्लाही ।

सर्लाहीको लालबन्दीमा गएराति गोली चलेको छ । लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडिएल स्कुल नजिकै एकान्त स्थानमा अज्ञात व्यक्तिले मोवाइल पसल सञ्चालकमाथि लुटपाट गर्न गोली चलाएका हुन् । लालबन्दी नगरपालिका–७, स्थित लालबन्दी बजारमा मोवाइल पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–९, बस्तीपुरका हरिप्रसाद सापकोटामाथि गएराति ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले उज्यालो अभियानलाई जानकारी दिए ।

बजारमा रहेको पसल बन्द गरेर एक जना साथीसँगै मोटरसाइकलमा घरतर्फ फर्कनेक्रममा मोटरसाइकल चढेर आएका अपरिचित व्यक्तिले सापकोटामाथि लुटपाटको प्रयास गरेका हुन् । लुटपाटको प्रयासको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेर आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोलबाट फायर खोलेको जस्तो देखिएको डिएसपी गौतमले बताएका छन् । घटनास्थलबाट पड्किसकेको गोलीको दुई थान खोका बरामद भएको डिएसपी गौतमले बताए । “मोवाइल पसल सञ्चालक सापकोटा र उहाँसँग मोटरसाइकलमा सँगै घर फर्कदै गर्नुभएका व्यक्ति सुरक्षित हुनुहुन्छ,” डिएसपी गौतमले अहिले बिहान उज्यालो अभियानसँग भने “घटनाको सम्वन्धमा हामी थप बुझ्ने काम गर्दैछौँ ।” गोली चलेको सूचनापछि राति जिल्ला प्रहरी कार्यालय मलंगवाबाट समेत डिएसपीको कमाण्डमा प्रहरी टोली लालबन्दी आइपुगेको थियो । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीले रातभर नै ‘सर्च अप्रेसन’ चलाए पनि कोही पक्राउ पर्न सकेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर