सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते

सारांश

  • सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।
  • सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
  • दुर्घटना बारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट ३५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

२ असोज, विराटनगर ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना बारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट ३५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घाइतेमध्ये २०÷२२ जनालाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा करिब ३५–४० वर्षका एक पुरुषको मृत्यु भएको छ जसको नाम थर खुल्न बाँकी छ । यस्तै, सिराहा सखुवान्नकट्टी गाउँपालिका–३ की करिब ४५ वर्षीया धनेश्वरी देवी यादवको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था घाइतेमध्ये केहीलाई सामान्य उपचारपछि गोल्डेन अस्पताल विराटनगरमा रिफर गरिएको छ । घाइतेमध्ये सप्तरी, सिराहा र धनगढीमाई नगरपालिकाका बासिन्दा बढी छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरू आईसीयूमा उपचाररत छन् । गम्भीर घाइतेमा कञ्चनपुरकी मञ्जु चौधरी, सिराहाका सुकदेव साह, सत्य नारायण राम, मोहम्मद इसराफिल र हरि यादव रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुल्मीमा ड्रोन प्रयोगमा रोक
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?