तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता

सारांश

  • काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाएको थियो ।
  • तर अब नेपालले तेस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हो ।
  • यसअघि भारतले दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको थियो ।

 

२३ साउन, काठमाडौं-आयोजक नेपालले भारतरुविद्धको फाइनल भिडन्तमा भारतविरुद्ध २-१ सेटको अग्रता बनाउन सफल भएको छ।

काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाएको थियो । तर अब नेपालले तेस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हो । यसअघि भारतले दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट प्रतिस्पर्धासहित आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटमा भारतसँग निरीह भएको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दा भारत दोस्रो सेट २५-१२ ले जितेको थियो । नेपालले तेस्रो सेट आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनाउँदै उपाधि घरमै राख्ने प्रयासलाई बलियो बनाएको हो ।

नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो । मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो। लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो। समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?