एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

सारांश

  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।
  • सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
  • जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।

८ मंसिर, काठमाडौं ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।

दुई ÷दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। हालसम्म जनकपुरले एक खेल मात्र खेलेको छ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । हालसम्म ८ खेल सम्पन्न भएका छन् जसमा जनकपुरले १ खेल खेल्दा काठमाडौं गोर्खाजले ३ खेल खेलेको छ भने बाँकी सबै टिमले २–२ खेल खेलेका छन् ।

२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् । जनकपुर बोल्ट्स भने सातौं स्थानमा रहँदा २ खेलमा पराजित भएको पोखरा एभेन्जर्स आठौं स्थानमा छ । एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने
संविधान जोगाउन माग गर्दै पोखरामा र्याली
संविधान जोगाउन माग गर्दै पोखरामा र्याली
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा