महिला एसिया कपः भारतको कीर्तिमानी आठौँ उपाधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
५० पटक हेरिएको
Shares
महिला एसिया कपः भारतको कीर्तिमानी आठौँ उपाधि

सारांश

  • भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
  • योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी आठौँ पटक एसिया कप उपाधि जितेको हो ।
  • भारत प्रतियोगितामा अपराजित रह्यो ।

२९ भदौ, काठमाडौं ।

भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी आठौँ पटक एसिया कप उपाधि जितेको हो । भारत प्रतियोगितामा अपराजित रह्यो । २०२४ को फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो । यो भारतको लगातार १०औँ फाइनल सहभागिता पनि थियो । दुवई अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । भारतको सुरुवात नै आक्रामक रह्यो । ओपनर शेफाली वर्माले ६८ रन तथा स्मृति मन्धानाले ५९ रन बनाए ।

वर्माले केवल २४ बलमा अर्धशतक पूरा गर्दै महिला टी–२० एसिया कप इतिहासकै सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरिन् । उनले ५ खेलबाट २३६ रन बनाउँदै प्रतियोगितामा तीन अर्धशतकसमेत पूरा गरिन् । वर्मा र मन्धानाले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरे । मन्धानाले ३९ बलमा ५९ रन बनाइन् । उनी रनआउट भएपछि भारतले केही विकेट गुमाए पनि जी कामालिनीको आक्रामक अन्त्यसँगै १८३ रनको बलियो योगफल बनायो । १८४ रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारतीय स्पिन आक्रमणसामु टिक्न सकेन । दीप्ति शर्मा र श्री चारानीले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे । दीप्तिले कप्तान चामारी अटापट्टु र विष्मी गुणारत्नेलाई आउट गरिन्। चारानीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । उनले कभिशा दिलहारी र निलाक्षिका सिल्भासहित महत्वपूर्ण विकेट लिएर श्रीलंकालाई दबाबमा पारिन् । अन्ततः श्रीलंका १११ रनमै अलआउट भयो। भारतले ७२ रनको फराकिलो जित निकाल्दै आठौँ महिला एसिया कप उपाधि आफ्नो नाममा गर्‍यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड