Press 4K
बुधबार, ३१ भाद्र २०८३

कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने

सारांश

  • कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
  • कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।
  • त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार्वजनिक बिदा समेत स्वीकृत गरेको छ ।

१२ चैत,विराटनगर ।

कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार्वजनिक बिदा समेत स्वीकृत गरेको छ । साथै, वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको सीमा निर्धारण गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । बैठकले गत असोज १८ र १९ गतेको बाढी–पहिरो तथा चैत्र १ र २ गतेको हावा हुन्डरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यलाई तीव्रता दिन विशेष निर्णय गरेको छ ।

यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...