ललितपुरमा पनि लगाइयो अनिश्चितकालीन कर्फ्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
ललितपुरमा पनि लगाइयो अनिश्चितकालीन कर्फ्यु

सारांश

  • ललितपुरमा अनिश्चितकालीन कर्फ्यु लगाइएकाे छ ।
  • जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भैँसेपाटी मन्त्रीनिवास, यूएन हाउस र नेपाली कांग्रेस कार्यालय सानेपाआसपास कर्फ्यु लगाइएको हो ।
  • प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जारी गरेको कर्फ्युमा पुल्चाेककाे यूएन हाउस र न्यायाधीश निवासको २ सय मिटरवरिपरि, पूर्वतर्फ इनार मोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताब खाना, उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चाैहद्दीभित्रकाे क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

२३ भदौ, काठमाडौं।

ललितपुरमा अनिश्चितकालीन कर्फ्यु लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भैँसेपाटी मन्त्रीनिवास, यूएन हाउस र नेपाली कांग्रेस कार्यालय सानेपाआसपास कर्फ्यु लगाइएको हो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जारी गरेको कर्फ्युमा पुल्चाेककाे यूएन हाउस र न्यायाधीश निवासको २ सय मिटरवरिपरि, पूर्वतर्फ इनार मोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताब खाना, उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चाैहद्दीभित्रकाे क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

त्यस्तै, भैँसेपाटीस्थित नयाँ मन्त्री निवासमा पनि कर्फ्यु जारी गरिएको छ । सो क्षेत्रको बुङमती जाने सडक, पश्चिमतर्फ सीजी हाउजिङ, उत्तर भैँसेपाटी आवास गेट र दक्षिणतर्फ इटनी क्षेत्र छ ।  सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय परिसर, इन्द्रायणी मन्दिरतर्फको सडकमा कर्फ्यु लगाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?