Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित

सारांश

  • आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ ।
  • यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो ।
  • अब यो विधेयक प्रतिनिधि सभामा जान्छ ।

 

१८ फागुन, राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित भएको छ । आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो । अब यो विधेयक प्रतिनिधि सभामा जान्छ । यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् । यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः

पारित गरेको हो । एउटा सभामा उत्पति भएको विधेयक अर्को सभाबाट पारित भएर पुनः फर्किन्छ । अर्को सभामा भएको संशोधन सम्बन्धित सभाले स्वीकार गरेपछि सदनको प्रमुखले प्रमाणित गर्छन् । त्यसपछि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री