राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित

सारांश

  • आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ ।
  • यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो ।
  • अब यो विधेयक प्रतिनिधि सभामा जान्छ ।

१८ फागुन, राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित भएको छ । आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो । अब यो विधेयक प्रतिनिधि सभामा जान्छ । यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् । यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः

पारित गरेको हो । एउटा सभामा उत्पति भएको विधेयक अर्को सभाबाट पारित भएर पुनः फर्किन्छ । अर्को सभामा भएको संशोधन सम्बन्धित सभाले स्वीकार गरेपछि सदनको प्रमुखले प्रमाणित गर्छन् । त्यसपछि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
हङकङ आगलागीमा १२८ जनाको मृ*त्यु पुष्टि, थप १६ श*व निकाल्ने प्रयासमा उद्धारकर्ता
हङकङ आगलागीमा १२८ जनाको मृ*त्यु पुष्टि, थप १६ श*व निकाल्ने प्रयासमा उद्धारकर्ता
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !
प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन