सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
१६ पटक हेरिएको
Shares
सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन

सारांश

  • लुम्बिनी प्रदेशसभाको छैटौंँ अधिवेशन आजबाट सुरू भएको छ।
  • आजबाट सुरू भएको प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाउनु भएको थियो ।
  • प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेकाले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको बताए।

३१ वैशाख, लुम्बिनी ।

लुम्बिनी प्रदेशसभाको छैटौंँ अधिवेशन आजबाट सुरू भएको छ। आजबाट सुरू भएको प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाउनु भएको थियो । प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेकाले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको बताए।  उनले अधिवेशनलाई अवसरको रूपमा लिनुपर्ने बताउँदै सरकार पुँजीगत खर्चमा ध्यान दिँदै अघि बढेको उल्लेख गरे।

प्रदेश सरकारले आर्थिक स्रोतको परिचालनमा दृढता देखाएको र नीति तथा कार्यक्रमलाई साझा बनाउँदै अघि बढेको उनले भने।  नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले यथार्थफरक बजेट ल्याउन सुझाव दिए। चालु वर्षमा घाटाको बजेट देखिएकाले वास्तविक अवस्था झल्किने बजेट ल्याउन उनले आग्रह गरे। माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने धारणा राखे। प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिए।

निर्वाचन क्षेत्रमा विनियोजत बजेट खर्च नहुँदा फ्रिज हुने अवस्था आएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रम सबैलाई अपनत्व हुने गरी तयार गर्न सुझाव दिए।  प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। प्रदेशसभाको आगामी बैठक भोलि जेठ १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक सम्पन्न भएको सभामुख घर्तीमगरले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
पत्रकार रजक र महर्जनको परिवारलाई  भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
पत्रकार रजक र महर्जनको परिवारलाई भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो