कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २०, २०८३
|
|
२७७ पटक हेरिएको
Shares
कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित

सारांश

  • सङ्घीय संसद् अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ ।
  • बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले दफावार छलफल गरी सो कार्यविधिलाई सर्वसम्मतिले पारित गरेको हो ।
  • समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई समेत समेटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिइन् ।

२० जेठ, काठमाडौँ ।

सङ्घीय संसद् अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले दफावार छलफल गरी सो कार्यविधिलाई सर्वसम्मतिले पारित गरेको हो । समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई समेत समेटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिइन् । उनले यस कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थाहरूलाई समेत समावेश गरिएको स्पष्ट पारिन् ।

बैठकमा निर्णय सार्वजनिक गर्दै सभापति बास्कोटाले भनिन्, ‘समितिको कार्यविधि मस्यौदा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि, २०८३ माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गरिएको घोषणा गर्दछु । यो कार्यविधि हामीले यथेष्ट छलफल गरेर पारित गरेका छौँ ।’

कार्यविधि पारित गर्ने क्रममा बैठकमा उपस्थित सांसदहरूले संवैधानिक आयोगहरूले बुझाउने विभिन्न प्रतिवेदनहरूको पूर्ण कार्यान्वयनका लागि समितिले सरकारलाई आवश्यक दबाब दिनुपर्ने र उत्तरदायी बनाउनुपर्ने विषयमा विशेष जोड दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध सर्वोच्चमा रिट दर्ता
सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध सर्वोच्चमा रिट दर्ता
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल