बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै

सारांश

  • बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट आज सार्वजनिक हुँदैछ ।
  • प्रदेशसभाको आज  बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक हुने कार्यसूची रहेको छ ।
  • सरकारको बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ ।

१ असार, हेटौंडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट आज सार्वजनिक हुँदैछ ।

प्रदेशसभाको आज  बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक हुने कार्यसूची रहेको छ । सरकारको बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले चालु आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री थपलियाका अनुसार प्रदेश सरकारको आय स्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण गरिएको छ । प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने मन्त्री थपलियाको भनाई छ । कर, दस्तुर र सङ्घीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले पनि चालु आर्थिक वर्षको हाराहारीमै बजेट ल्याउने उनले बताए ।

उनका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माण गरिरहेको छ । सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बजेट तर्जुमा गरिएको उनले बताए । ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उनको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सिपजस्ता क्षेत्र सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

शिक्षा स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न र आधारभूत आवश्यकता पूर्ति तथा सुशासनका क्षेत्रमा सरकारले लगानी गर्ने तथा रोजगारी सिर्जना सरकारको विशेष प्राथमिकताको क्षेत्र रहेकाले कृषि, पर्यटन, उद्योग लगायतको क्षेत्रमा लगानी बढाउने उनले बताए । प्रदेश सरकारले बजेटलाई विवाद रहित बनाउन प्रति सांसद ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
दमक भ्यू टावरलाई शुल्क लिएर सञ्चालन गर्न सरकारले दियो स्वीकृति
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन
सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप
शिक्षामन्त्री पुनले दिए राजीनामा
शिक्षामन्त्री पुनले दिए राजीनामा
कहिले सुधार होला मौसम ?
कहिले सुधार होला मौसम ?