साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए

सारांश

  • गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
  • वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
  • जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् ।

९ भदौ ,काठमाडौँ । गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् । जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने ३६ हजार ९२८ रहेको छ । जसमा ३१ हजार २५६ पुरुष र पाँच हजार ६७२ महिला रहेका छन् । सबैभन्दा बढी यूएई गएका छन् । यूएइका लागि १७ हजार ५४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार ८२३ पुरुष र दुई हजार ७१८ महिला रहेका छन्

त्यसपछि क्रमशः साउदी अरेबिया ११८०९, कतार ११७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ । मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको हो । साउन महिनामा ५४७ म्यानपावर कम्पनीहरूले २५ हजार ५०७ जनालाई वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २२ हजार २८५ पुरुष र तीन हजार २२२ महिला रहेका छन् । अघिल्लो वर्षको साउनमा म्यानपावर कम्पनीहरूले २९ हजार २२९ जनाले वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त
भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही: २४ घण्टामा २२ लाख ११ हजार राजस्व संकलन
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही: २४ घण्टामा २२ लाख ११ हजार राजस्व संकलन
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते
धनुषापछि पर्वतमा पनि एमालेको कुटाकुट, तीन जना घाइते
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस