Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए

सारांश

  • गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
  • वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
  • जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् ।

 

९ भदौ ,काठमाडौँ । गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् । जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने ३६ हजार ९२८ रहेको छ । जसमा ३१ हजार २५६ पुरुष र पाँच हजार ६७२ महिला रहेका छन् । सबैभन्दा बढी यूएई गएका छन् । यूएइका लागि १७ हजार ५४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार ८२३ पुरुष र दुई हजार ७१८ महिला रहेका छन्

त्यसपछि क्रमशः साउदी अरेबिया ११८०९, कतार ११७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ । मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको हो । साउन महिनामा ५४७ म्यानपावर कम्पनीहरूले २५ हजार ५०७ जनालाई वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २२ हजार २८५ पुरुष र तीन हजार २२२ महिला रहेका छन् । अघिल्लो वर्षको साउनमा म्यानपावर कम्पनीहरूले २९ हजार २२९ जनाले वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इटहरीको सेन्टर प्लाजामा आगलागी
इटहरीको सेन्टर प्लाजामा आगलागी
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’
प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह
प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना