कान्तिलोकपथको तीन स्थानमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
१७१ पटक हेरिएको
Shares
कान्तिलोकपथको तीन स्थानमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

सारांश

  • काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खसेको छ ।
  • ललितपुर प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
  • सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

९ असोज, काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खसेको छ ।

ललितपुर प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यद्यपि, मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्ड भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?