Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन् ।
  • देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदैछ ।

२३ असोज, काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन् ।

देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदैछ । मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा महामन्त्री थापाले राखेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । ‘सभापतिज्यूलाई बाहिर राखेर वर्तमान कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्ने प्रस्ताव महामन्त्री गगनजीले बैठकमा एजेन्डाका रूपमा राख्नुभएको छ,’ ती पदाधिकारीले भने । तोकेर नभने पनि थापाले कार्यवाहक तोकेर नियमित महाधिवेशनमा जाने प्रस्ताव गरेको ती पदाधिकारीले भने । थापाले अहिले पनि एजेन्डा राखिरहेका छन् ।

कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएका नेताहरूले बताएका छन् । बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला पनि सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साँझ जनमत पार्टीको बैठक बस्दै
आज साँझ जनमत पार्टीको बैठक बस्दै
अन्तर्राष्ट्रिय टी-२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुँदै
अन्तर्राष्ट्रिय टी-२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुँदै
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए
दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए
राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन
राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने