वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
१९ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

सारांश

  •   वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौं कागेश्वरी बस्ने ४३ वर्षीय लछुमन साह तेली र दोलखा बैतेश्वर घर भई तार्केश्वर बस्ने ३१ वर्षीय नबिना दाहाल घिमिरे रहेका छन् ।
  • बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी, विदेश नपठाई सम्पर्क विहीन भएको भनेर पीडितहरूले दिएको जाहेरी उनीहरूलाई अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीले पक्राउ गरेको हो ।

११ असार, काठमाडौं । 

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौं कागेश्वरी बस्ने ४३ वर्षीय लछुमन साह तेली र दोलखा बैतेश्वर घर भई तार्केश्वर बस्ने ३१ वर्षीय नबिना दाहाल घिमिरे रहेका छन् । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी,

विदेश नपठाई सम्पर्क विहीन भएको भनेर पीडितहरूले दिएको जाहेरी उनीहरूलाई अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार लछुमनले ३ जना पीडितबाट छ लाख रुपैयाँ र नबिनाले युके पठाउने भन्दै ५२ रुपैयाँ लिएर नपठाएको भन्ने पीडितको जाहेरी अनुसार बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू